आज मिति २०८१।०८।२५ गते यस भुम्लु गाउँपालिकामा आयोजना गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रमको केही झलकहरु।
समाचार
ग्यालरी
आज मिति २०८१।०७।२३ गते यस गाउँपालिकामा नेपाल सरकारका माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्री बलराम अधिकारी ज्यूको, प्रमुख आतिथ्यतामा यस गाउँपालिकाको वडा न. ७ फलाटे र ८ भुम्लुटारमा जग्गा धनि प्रमाण पत्र (लालपुर्जा) प्राप्तिका लागि आयोजना गरिएको बैठकमा नापी विभागको महानिर्देशक, नापि तथा मालपोत कार्यालयका काभ्रेक प्रमुख, सम्बन्धित वडाध्यक्ष तथा सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थितिमा सम्पन्न भएको छ
राष्ट्रिय विज्ञान दिवसको अवसरमा भुम्लु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आज मिति २०८१ असोज १ गते आयोजना गरिएको विज्ञान प्रदर्शनी प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयहरु साथै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबाद ज्ञापन गर्न चाहन्छौ ।
उत्कृष्ट नतिजा ल्याउन सफल तपसिल बमोजिमको विद्यालयलाई नगद पुरस्कार सहित प्रमाण वितरण गरियो ।
श्री प्रकाश माध्यमिक विद्यालय, भुम्लु ८, भुम्लुटार - प्रथम
श्री सेतीदेवी माध्यमिक विद्यालय, भुम्लु ४, याक्पा- द्वितीय
श्री सेतीदेवी माध्यमिक विद्यालय, भुम्लु ४, काभ्रे - तृतीय
आज मिति २०८१।०४।२४ गते यस गाउँपालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम भुम्लु गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर भुजेलज्यूको अध्यक्षतामा प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख श्री रिम बहादुर तामाङ, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष श्री जितेन्द्रमान तामाङज्यू, जिल्ला समन्वय अधिकारी श्री पिताम्बर पाण्डे, जनस्वास्थ्य कार्यालय प्रमुख श्री रागीश्री कक्षपती श्रेष्ठ, प्र.प्र.अ श्री सुदर्शन भट्टराईज्यू, सम्पुर्ण वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, जिल्ला खोप अधिकृत श्री पार्थमणि न्यौपाने, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरु, स्वास्थ्यकर्मीहरु