समाचार
गाउँपालिका वस्तुगत विवरण
भुम्लु गाउँपालिका नेपालको बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित गाउँपालिका हो । यसको क्षेत्रफल ९१.४६ वर्ग कि.मि. रहेको छ ।विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा काभ्रेपलाञ्चोक जिल्लाका साविकका सापिङ‚ सिम्थली‚ बेखसिम्ले‚ चौवास‚ सल्ले भुम्लु‚ कोलाँती भुम्लु‚ फँलाटे‚ भुम्लुटार‚ दोलालघाट र ज्याम्दी (साबिकका ५‚७‚८ र ९ नं. वडा) गाउँ विकास समितिहरुलाई मिलाएर गरिएको हो । भौगोलिक रुपमा भुम्लु गाउँपालिका २७˚४१.३१ अक्षांश देखि २७˚३६.०४ उत्तरी अक्षांश सम्म र ८५˚३९.०७ देखि ८५˚४६.५१ पुर्बी देशान्तर सम्म फैलिएर रहेको छ । यस गाँउपालिकाको पुर्वमा चौरी देउराली गाँउपालिका‚ पश्चिममा मण्डनदेउपुर नगरपालिका र सिन्धुपालचोक जिल्लाको चौतारा सांगाचोक गढी नगरपालिका‚ उत्तरमा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिका र दक्षिणमा पाचखाल नगरपालिका पर्दछन् । यो गाँउ कार्यपालिका कार्यालय रहेको केन्द्र वाट र जिल्ला सदरमुकाम धुलिखेलसम्मको दुरी लगभग ४० कि.मि रहेको छ । यस गाँउपालिकाको उत्तर वाट दक्षिण तर्फ सुनकोशी र ईन्द्रावती जस्ता पसिद्ध नदीहरु वगेका छन् । गाउँपालिकाका भूभागहरु सम्म तथा भिरालो तथा भिरहरु समेत रहेका छन् ।
साबिक गाबिस |
वडा न |
सापिङ्ग |
१ |
सिम्थली |
२ |
बेखसिम्ले |
३ |
चौवास |
४ |
सल्ले भुम्लु |
५ |
कोलाँती भुम्लु |
६ |
फलाटे, भुम्लु |
७ |
भुम्लुटार |
८ |
ज्याम्दी ५,७,८,९ वडा |
९ |
दोलालघाट |
१० |