FAQs Complain Problems

समाचार

ग्यालरी

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजना तथा भुम्लु गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा आज मिति २०८१/०४/०३ गते  यस भुम्लु गाउँपालिकामा स्थानीय द्रुत प्रतिकार्य समिति (आरआरसी) र स्थानीय द्रुत प्रतिकार्य टोली (आरआरटी) सम्बन्धी अभिमुखीकरण कार्यक्रम गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर भुजेल ज्यूको अध्यक्षतामा तथा प्रमुख अतिथि जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख श्री राघिश्री कक्षपती श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

मिति: 07/18/2024 - 17:14
, , , , , , , , , , , , , ,

शैक्षिक सत्र २०८० सालको SEE परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी (छात्र/छात्रा) तर्फ जनही १/१ लाख तथा प्रथम/द्वितीय/तृतीय स्थान ल्याउने विद्यालयलाई क्रमश: ५०/२५/१५ हजारका दरले पुरस्कार वितरण गरी सम्मान गरियो ।

* छात्र तर्फ करिश गिरी

* छात्रा तर्फ मीरा श्रेष्ठ

* विद्यालय तर्फ प्रथम श्री शारदा मा बि फलाटे

* विद्यालय तर्फ द्वितीय श्री सेती देवी मा बि चौबास याक्पा

* विद्यालय तर्फ तृतीय श्री बन देवी मा बि बेखसिमले

मिति: 07/08/2024 - 11:01
, , , , , , , , , , , , , , ,

आज मिति २०८१।०१।३१ गतेका दिन यस गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मीहरुकालागि मानसिक स्वास्थ्य सम्बन्धी दुई दिने क्षमता अभिबृद्धि तालिम तथा निःशुल्क स्वास्थ्य शिबिर गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर भुजेलज्यूको अध्यक्षतामा सञ्चालन गरिएको छ।

मिति: 05/13/2024 - 16:22
, , , , , , , , ,

मिति २०८१।०१।०४ गते यस गाउँपालिमा काभ्रे जिल्लाको प्रतिनिधिसभा सदस्य माननीय गोकुल बास्कोटा ज्यू, माननीय सुर्यमान दोङ ज्यू, बागमती प्रदेशसभा सदस्य माननीय रत्न प्रसाद ढकाल ज्यू, जि.स.स प्रमुख दिपक गौतम ज्यू साथै जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, मालपोत कार्यालयको प्रतिनिधि, नापि कार्यालयको प्रतिनिधि ज्यूहरुको उपस्थितिमा काभ्रे र सिन्धुपाल्चोक जिल्लाको सिमा विवाद बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मिति: 04/17/2024 - 08:16
, , , , , , , , , , , , , , , , , , ,

आज मिति २०८०।१२।२७ गते यस  गाउँपालिकामा न्यायिक समिति र मेलमिलापकर्ताको समन्वय बैठक तथा मेलमिलापकेन्द्रका लागि सामाग्री हस्तान्तरण कार्यक्रम  बागमती प्रदेशको मुख्य न्यायाधिवक्ता माननीय ज्ञानेन्द्र नेपाल ज्यु को प्रमुख आतिथ्यमा  सम्पन्न भएको छ।

मिति: 04/09/2024 - 17:08
, , , , , , , , , , , , , , , , , , , , , ,

Pages

//