समाचार
भुम्लु गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित भुम्लु गाउँपालिका स्तरीय अन्तर विद्यालय छैठौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता एवम् मैत्रीपुर्ण शिक्षक भलिबल प्रतियोगिता २०८२ र रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
भुम्लु गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित भुम्लु गाउँपालिका स्तरीय अन्तर विद्यालय छैठौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता एवम् मैत्रीपुर्ण शिक्षक भलिबल प्रतियोगिता २०८२ सामाजिक विकास समितिको संयोजक श्री अञ्चल कुमार लामा ज्यूको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर भुजेल ज्यूको प्रमुख आतिथ्यता, उपाध्यक्ष श्री जितेन्द्रमान तामाङ ज्यूको विशिष्ठ अतिथि, जिल्ला समन्वय सदस्य श्री कमलराज गिरी ज्यू विशेष अतिथि, वडा अध्यक्ष ज्यू, कार्यपालिका सदस्य ज्यू, कर्मचारी, विद्यालय प्र.अ., शिक्षक, विद्यार्थी, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा भब्यताका साथ सम्पन्न भएको छ ।
छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२ मा
प्रथम हुन् सफल श्री सेतीदेवी माध्यमिक विद्यालय, भुम्लु-०१, रिठ्ठे, दित्तिय हुन् सफल श्री सेतीदेवी माध्यमिक विद्यालय भुम्लु-४, याक्पा र तृतीय श्री अरुणोदय माध्यमिक विद्यालय, भुम्लु २, सिम्थली तथा शिक्षक भलिवल टिम (प्रथम-श्री सेतीदेवी माध्यमिक विद्यालय,भुम्लु -४,याक्पा, द्वितीय - श्री अरूणोदय मा वि भुम्लु -२ सिम्थली, तृतीय - श्री प्रकाश मा वि भुम्लु -८ भुम्लुटार)लाई, सहभागी सम्पूर्ण विद्यालय, विद्यार्थी, रनिङ्ग शिल्ड प्रतियोगिता-२०८२ लाई भव्य एवम् सभ्य तरिकाले सम्पन गर्न सहयोग गर्नुहुने रेफ्री, शिक्षा समिति, विद्यालय, शिक्षक शिक्षिका,कर्मचारी ,अभिभाबक , पत्रकार , सुरक्षाकर्मी लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौ । साथै सो अवसरमा आयोजित रक्त दान कार्यक्रममा ६५ पिन रक्त दान गर्नु हुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछौ ।
















