समाचार
अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा तथा माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) २०८१ मा उत्कृष्ट अंक ल्याउन सफल छात्र/छात्रा लाई जनही रु १/१ लाख रुपैया सहित सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०८२।०३।२३ गतेका दिन गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर भुजेल ज्यू, उपाध्यक्ष श्री जितेन्द्रमान तामाङ ज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण बहादुर के.सी ज्यू, जि.स.स. काभ्रेपलाञ्चोकका सदस्य श्री कमलराज गिरी ज्यू, सामाजिक विकास समितिका संयोजक श्री अञ्चल कुमार लामा ज्यू,
कार्यपालिका सदस्य ज्यू, कर्मचारी, विद्यालय प्र.अ. शिक्षक विद्यार्थी तथा अन्य सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा तथा माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई)
२०८१ मा गाउँपालिका भित्रका विद्यालयहरुबाट उत्कृष्ट अंक ल्याउन सफल छात्र तर्फ प्रशन गिरी (श्री सेतीदेवी मावि), छात्रा तर्फ मनिता खड्का (श्री अरुणोदय मावि) लाई जनही रु १/१ लाख रुपैयाँ, विद्यालय तर्फ धेरै विद्यार्थी पास गराउन सफल श्री सेतीदेवी मावि, श्री शारदा मावि र श्री जनता माविलाई प्रति विद्यालय रु २५ हजार नगद सहित सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको प्रतिनिधित्व गर्दै योगको जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा पुरस्कृत भएका श्री वनदेवी माविका सजन जि.सी र राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगितामा ३ स्वर्ण र एक रजत पदक जित्न सफल श्री विविशा भण्डारी (श्री सेतिदेवी मावि याक्पा) लाई पुरस्कार सहित सम्मान गरिएको छ । कार्यक्रमलाई सभ्य भब्य बनाउन उपस्थित भई सहयोग गर्नुहुने सम्पुर्णलाई गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछ ।