FAQs Complain Problems

समाचार

रोजगार मुलक सेवा

भुम्लु गाउँपालिका नेपालको बागमती  प्रदेश अन्तर्गत  काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित गाउँपालिका हो । यसको क्षेत्रफल ९१.४६  वर्ग कि.मि.  रहेको छ ।विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा  काभ्रेपलाञ्चोक जिल्लाका साविकका सापिङ‚ सिम्थली‚ बेखसिम्ले‚ चौवास‚ सल्ले भुम्लु‚ कोलाँती भुम्लु‚ फँलाटे‚ भुम्लुटार‚ दोलालघाट र ज्याम्दी (साबिकका ५‚७‚८ र ९ नं. वडा) गाउँ विकास समितिहरुलाई मिलाएर गरिएको हो ।  भौगोलिक रुपमा भुम्लु  गाउँपालिका २७˚४१.३१ अक्षांश देखि २७˚३६.०४ उत्तरी अक्षांश सम्म र ८५˚३९.०७ देखि ८५˚४६.५१  पुर्बी देशान्तर सम्म फैलिएर रहेको छ । यस गाँउपालिकाको पुर्वमा चौरी देउराली गाँउपालिका‚ पश्चिममा मण्डनदेउपुर नगरपालिका र सिन्धुपालचोक जिल्लाको चौतारा सांगाचोक गढी नगरपालिका‚ उत्तरमा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिका र दक्षिणमा पाचखाल नगरपालिका पर्दछन् । यो गाँउ कार्यपालिका कार्यालय रहेको केन्द्र वाट  र जिल्ला सदरमुकाम धुलिखेलसम्मको दुरी लगभग ४०  कि.मि रहेको छ । यस गाँउपालिकाको उत्तर वाट दक्षिण तर्फ सुनकोशी र ईन्द्रावती जस्ता पसिद्ध नदीहरु वगेका छन् । गाउँपालिकाका भूभागहरु सम्म तथा भिरालो तथा भिरहरु समेत रहेका छन् ।

साबिक गाबिस

वडा न

सापिङ्ग

सिम्थली

बेखसिम्ले

चौवास

सल्ले भुम्लु

कोलाँती भुम्लु

फलाटे, भुम्लु

भुम्लुटार

ज्याम्दी  ५,७,८,९ वडा

दोलालघाट

१०