समाचार
आज मिति २०८१/०४/०३ गते यस भुम्लु गाउँपालिकामा स्थानीय द्रुत प्रतिकार्य समिति (आरआरसी) र स्थानीय द्रुत प्रतिकार्य टोली (आरआरटी) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजना तथा भुम्लु गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा आज मिति २०८१/०४/०३ गते यस भुम्लु गाउँपालिकामा स्थानीय द्रुत प्रतिकार्य समिति (आरआरसी) र स्थानीय द्रुत प्रतिकार्य टोली (आरआरटी) सम्बन्धी अभिमुखीकरण कार्यक्रम गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर भुजेल ज्यूको अध्यक्षतामा तथा प्रमुख अतिथि जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख श्री राघिश्री कक्षपती श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।